|

बुटवल : रुपन्देहीमा खोलामा खसेर एक वृद्धको मृत्यु भएको छ। रोहिणी गाउँपालिका -२ श्रीनगरका ८० वर्षीय मथुरा बनियाको स्थानीय खोलामा खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धकधइका प्रमुख भरत थापाले जानकारी दिए। 

बनिया हराएपछि खोज्दै जाने क्रममा खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा ल्याइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.