|

विराटनगर :  विराटनगरको ऐतिहासिक मानिने राधाकृष्ण रथयात्रा साेमबार सम्पन्न हुँदैछ। प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा निकालिने यो रथयात्राले ५१ औं संस्करण पूरा गरेको छ। 

विराटनगर-१ मा रहेको राधाकृष्ण मन्दिरबाट दिउँसो ४ बजे रथयात्रा सुरु भएको हो। प्रदेश १ का मुख्यमन्त्री शेरधनलले अपरान्ह विशेष पूजापाठ गरेपछि बेलुन उडाएर रथयात्राको शुभारम्भ गरेका थिए। रथयात्रा सुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले विराटनगरमा आयोजित रथयात्रा यहाँको पहिचान भएको भन्दै यसको संरक्षणमा सरकार लाग्ने बताए। 

रथ यात्रा झण्डै ७ किलोमिटरको परिक्रमा पछि साँझ ८ बजे मन्दिर परिसरमा पुगेर समापन हुने आयोजकको भनाइ छ। रथयात्रामा विभिन्न ६८ वटा झाँकी प्रदर्शन गरिएको छ। रथयात्रामा हजारौं मानिसले सहभागीता जनाएका छन्। आयोजकका अनुसार पाँचलाख बढीले रथयात्रामा सहभागिता जनाएका छन्। रथयात्राका क्रममा सुरक्षा व्यवस्था मजबुद बनाउन ड्रोन क्यामराको सहयोगमा रथ हिड्ने मार्गमा सुरक्षा निगरानी गरिएको छ।

रथयात्राको उदघाटन सत्रमा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे, बनमन्त्री जगदीश कुशियत, सांसद केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दीरा कार्की लगायतको सहभागिता थियो। यस वर्षको रथ १२ फिट चौडाई, १४ फिट र १८ फिट उचाई रहेको थियो।

रथमा प्रयोग गरिने डोरीको लम्वाई भने ७५ फिट रहेको थियो। रथयात्रा वि.स. १९८८ देखि खटयात्राको परम्परालाई २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो। खटयात्राको परम्परालाई २०२५ सालदेखि रथयात्रामा परिणत भएको राधाकृष्ण मन्दिरको अध्यक्ष बावुराजा ओझाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.