|

संखुवासभा : भोजपुरको उत्तरपूर्वी क्षेत्रमा पर्ने साल्पासिलिछो गाउँपालिकामा एक बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। 

गाउँपालिका-६ सालेवामा ११ वर्षीया बालिका रचना राई सुतेकै स्थानमा मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा हत्या भएको तथ्य फेला पारेको हो। गत ११ भदौमा शंकास्पद अवस्थामा सुतेकै स्थानमा मृत भेटिएकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियुक्तले स्वीकार गरेको प्रहरी जनाएको छ।

साइनोले मामा पर्ने संंखुवासभा जिल्लाको खाँदबारी नगरपालिका– २ का २० वर्षीय संजय राईलाई करणी गरेको आरोपमा  पक्राउ गरी कर्तव्य ज्यार्ने उद्योगमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। बालिकाका बुबा मिलन राईले बालिकाको करणीपश्चात हत्या गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए। 

अभियुक्त राईले प्रहरीसँगको वयानको क्रममा आफूले करणी गरेको र बालिकाले बुबाआमालाई सुनाउँछु भनेपछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए। 

निरीक्षक कार्कीले राईको प्रारम्भिक बयानमा बलात्कारपछि हत्या गरेको स्वीकार गरेकाले मुद्दा चलाइसकेको बताए।  अभियुक्त राईलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

बेलुका सुतेकी बालिका भदौ ११ गते बिहान शंकास्पद रूपमा मृत फेला परेकी थिइन्। मृतक बालिका आमा धनमणि राई र सौतेला बाबु राजन राईसँग बस्दै आएकी थिइन्। पोष्टमार्टमको  रिपोर्टपछि थप तथ्य आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.