|

पाल्पा : उच्चस्तरीय वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले असन्तुष्ट सबै पक्षको माग वार्तामार्फत पूरा हुने बताएका छन्। उनले अब नेपालमा हिंसात्मक विद्रोही पक्ष भन्ने नै नरहने दाबी गरे।

प्रेस चौतारी र प्रेस सेन्टर पाल्पाले तानसेनमा म‌गलबार गरेको पत्रकार भेटघाटमा उनले विद्रोही गतिविधि गरिरहेका चार समूहसँग अहिले छलफल चलिरहेको र केही दिनमै सहमति हुने बताए। संयोजक पाण्डेले भने, ‘उनीहरुले केही दिनमै हतियार बुझाउनेछन्।'

उनका अनुसार नेपालमा हिंसात्मक गतिविधि गर्ने मनसायका २३ वटा विद्रोही समूह तथा पार्टी छन्। ‘यद्यपि अन्यको पनि पहिचान गर्ने प्रयासमा छौँ’, उनले भने, ‘सबैभन्दा ठूलो संगठनको रूपमा रहेको विप्लव नेतृत्वको नेकपासँग पनि वार्ताको लागि पहल भइरहेको छ।’ अहिलेसम्म औपचारिक वार्ताको लागि नबोलाइएको र केही तयारी पूरा गरेपछि स–सम्मान वार्ताका लागि बोलाउने उनले बताए।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा राजनीतिक इगोको रूपमा नभई प्रशासनिक प्रक्रियाबाट पक्राउ परेको पाण्डेले स्पष्ट पारे। 'कानुन विपरीत गतिविधि गरेको किटानी जाहेरी परेका आधारमा प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको होे', उनले भने। 

तराईमा रहेका गोइत समुह, सिके राउतको समुहसँग पनि छिट्टै वार्ताको लागि लिखित आह्वान गर्ने उनको भनाइ छ। वार्तामार्फत समस्या समाधान खोज्न सबै पक्षलाई उनले आग्रह गरे। उनले भने, 'वार्ताको समयमा सुरक्षाको सबै जिम्मेवारी सरकारले लिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.