|

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले अटो र मयुरीलाई हेटौँडाको मूख्य बजार क्षेत्रमा प्रवेशमा रोक लगाउने भएको छ।

हेटौँडा उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले बजार क्षेत्रमा सञ्चालन भईरहेको अटो र मयुरीको व्यवस्थापनका लागि मूख्य बजारमा प्रवेश रोक लगाउने निर्णय गरेको हो। बजार क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त भएका कारण विशेषगरी बुद्धचोक वरपरका क्षेत्रमा अटो र मयुरी संचालन हुन नदिने निर्णय भएको उपमहानगरपालिकाको यातायात समितिका संयोजक गोकर्ण पराजुलीले बताए। 

हेटौँडाको मेनरोड, सिमाचोक, पिपलबोट, राप्तिरोड, बुद्धचोकदेखि कान्तिलोकपथको ओम भवनसम्म प्रवेशमा तीन पाङ्ग्रे प्रवेशमा रोक लगाउने निर्णय भएको छ। अटो तथा मयुरीलाई तोकिएको कागजातसहित उपमहानगरपालिकामा पुगेर सञ्चालन अनुमतिसहितको स्टिकर टाँसेर मात्रै सञ्चालन गर्न थालेपछि उपमहानगरपालिकाले यो निर्णय गरेको छ। 

निर्णयबारे अटो तथा मयुरी व्यवसायीहरुले कुनै प्रतिक्रिया दिएका छैनन्। उपमहानगरपालिकाले यसअघि हेटौँडा बजार क्षेत्रमा पार्किङ निषेध गर्नुका साथै सुमो काउन्टरलाई एकिकृत रुपमा चौकीटोल रोपवेबाट सञ्चालन गरिसकेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.