चितवन : स्कुटर नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गएराति स्कुटर नहरमा खस्दा वडा नं. ४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो।
स्कुटरमा सवार अर्का एक व्यक्ति नहरमा बगेर बेपत्ता भएका छन्। उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना ३४ प ९९४१ नम्बरको स्कुटर पुल तर्ने क्रममा नहरमा खसेको थियो। भण्डारीको शव नहरबाट ५० मिटर टाढा फेला परेको थियो। बेपत्ताको खोजी भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।