|

रुकुम : (पश्चिम)को बाँफिकोट गाउँपालिकामा रहेका विभिन्न खोलामा पुल नहुँदा यातायात सेवा संचालनमा समस्या भएको छ। बाँफिकोट गाउँपालिका ४ को फलामेगौडादेखि पीपल हुँदै रुकुम(पूर्व)को सिस्ने गाउँपालिका ३ पोखरा जोड्ने सडक खण्डमा पर्ने खोलामा पुल नहुँदा वर्षायाममा यातायातका साधन सञ्‍चालनमा समस्या हुने गरेको छ।

बाँफिकोट गाउँपालिका ४ को तिल्छा खोला, दुईको पुमाखोलामा पुल निर्माण हुन सकेको छैन। जसका कारण वर्षातमा जोखिम मोलेर यातायातका साधान संचालन हुने गरेका छन्। यी दुई खोलामा निर्माण भएका कल्भर्ट चिप्लो हुँदा पछिल्लो समय गाडीले समेत खोला समस्या पर्ने गरेको स्थानीय भरत खत्रीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.