|

रुकुम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११, मा जिप दुर्घटना भएको छ। आठविसकोटबाट जाजरकोट रिम्नाका लागि छुटेको ज१ग ६०४० नम्बरको जिप आठबिसको नगरपालिका-११, भेरी खोर भन्ने ठाउँमा दुर्घटना भएको हो। जिप दुर्घटनामा तीनजना घाइते भएका छन्।

घाइते हुनेहरुमा सानी गाउँपालिका-४ की निशा चन्द, आठबिसकोट नगरपालिका-८ का टीकाराम विक र आठबिसकोट नगरपालिका-१४ की सिन्धु मल्ल रहेको बताइएको छ। जिपमा ९ जना यात्रु सवार थिए। घाइतेहरुको श्रीनगर मोडेल हस्पिटल राडीमा उपचार भइरहेको छ। तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.