|
प्रतीकात्मक फोटो

रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकामा शिक्षकहरू पन्ध्र दिन  विद्यालय अनुपस्थित भएमा जागिर चट् हुने भएको छ। संघीय शिक्षा ऐन २०७४ र भदौ ७ गतेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार यस्तो व्यवस्था गर्न लागिएको हो। यो व्यवस्था कार्यन्वयनमा आएसँगै शिक्षकहरू विद्यालयमा अनियमित उपस्थित हुने  परिपाटीको अन्त्य हुने विश्वास लिइएको छ।

नगर प्रमुख विशाल शर्माका अनुसार कुनै पनि शिक्षक बिनाजानकारी पन्ध्र दिनसम्म विद्यालयमा हाजिर भएन् भने त्यस्तो शिक्षकलाई जागिरबाट निस्कासन गरिनेछ। ‘विद्यालयमा अनुउपस्थित भएको जानकारी आउनेबित्तिकै विद्यालयमा उपस्थित हुन निर्देशन दिन्छौँ। अटेर गरेमा जागिरबाट निस्कासन गर्छौ’ नगर प्रमुख शर्माले भने, ‘त्यस्तै कसैले सट्टा वा खेतला शिक्षक राखेमा पनि खेतला शिक्षक राखेको समयको तलब पनि कटौती गरिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.