|

काठमाडौं : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको ०६१ जेठ २४ गते हत्या भयो। चितवनको रत्ननगर बकुलहर चोकमा उनको गोली हानी हत्या गरिएको थियो। उनको हत्या भएको १४ वर्ष बितिसकेको छ। तर, हत्यारा को थिए? अझै त्यो मुद्दा गर्भमै रहेको छ।  

यद्यपि, तत्कालीन चितवन माओवादी पार्टीको निर्देशनमा अधिकारीले सुराकी गरेको आरोपमा उनको हत्या गरिएको पार्टीले स्पष्टीकरण दिएको थियो।

त्यतिखेर माओवादी युद्ध चरम उत्कर्षमा पुगेको थियो। उक्त हत्याकाण्ड माओवादी युद्धको एक विवादित हत्याकाण्ड भएको छ।

हत्या भएका कृष्णप्रासाद अधिकारीका परिवारका तर्फबाट भने हत्या माओवादी पार्टीले नभई फुजेलकै छविलाल पौडेललगायतका मान्छेले कृष्णप्रसादको हत्या गरेको भन्दै उनीलगायत १३ जनाको नाममा किटानी जाहेरी दिएका थिए।

छविलाल पौडेका भतिजा देवप्रसाद पौडेलका अनुसार नुरप्रसाद अधिकारीले सुरुमा गोरखाका दुई जनाविरुद्ध किटानी जाहेरी लिएको र प्रहरीको अनुसन्धानले माओवादी युद्धमा दुवैको मृत्यु भएको रिपोर्ट दिएपछि उनले फेरि १८ महिनापछि मात्र छविलाल पौडेलका लगायतका बारेमा चितवन प्रहरीमा किटानी जाहेरी दिएको बताउँछन्।

'छविलाल पौडेल कृष्णप्रसाद अधिकारीकै शिक्षक समेत हुन्, उनको हत्या गर्ने कारण के छ? भनेर जाहेरी कर्ता नुरप्रसाद अधिकारीलाई नै सोधे भने पनि उनीसँग त्यसको जवाफ छैन्, 'देवप्रसाल पौडेलले भने।

नुरप्रसादले दिएको किटानी जाहेरीअनुसार चितवन अदालतले १३ जनालाई प्रतिवादी बनाएको थियो। त्यही मध्येका एक हुन छविलाल पौडेल हुन्। तर यसअघि छविलाल पौडेल कृष्ण अधिकारीको हत्यामा संलग्न नदेखिएको भन्दै जिल्ला, अदालत चितवन र पुनरावेदन अलालत हेटौँडाले समेत पौडेल लगायतका आरोपितहरूलाई धरौटीमा छाडेको थियो।

त्यसलगात्तै कर्तव्य ज्यान मुद्दाका आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनु पर्नेमा जिल्ला र पुनरावेदन अदालतले धरौटीमा रिहा गरेको भन्दै कृष्ण अधिकारीका आमा गंगामाया अधिकारी र बुवा नन्दप्रसाद अधिकारीले सर्वोच्चमा निवेदन दिइएका थिए।

पुनरावेदन अदालत हेटौँडा र जिल्ला अदालत चितवनको आदेशलाई उल्ट्याउँदै सर्वोच्च अदालतले २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। अन्य आरोपिको हकमा भने जिल्ला अदालत र पुनरावेदन अदालतको निर्णयलाई सदर गरेको थियो।

अनशनको बाटो

०६१ जेठ २४ गते हत्या गरिएका छोरा कृष्ण अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारीले अनशनको बाटो रोजे। उनले ०७० साल देखि अनशन सुरु गरेका थिए।

३ सय ३२ दिन लामो अनशनपछि उनको विरअस्पतालामा २०७१ असोज ६ गते निधन भएको थियो। अधिकारीको शवको अन्त्यस्टी अझै भएको छैन। अनशन बसिरहेकै बेला मृत्यु भएका बुवाको शव नै नबुझी उनका जेठा छोरा जाहेरीकर्ता नुरप्रसाद अधिकारी समेत पछि सम्पर्क बिहिन भएका थिए।

पतिको निधनपछि छोराको दोषीलाई कारबाहीको माग गर्दै आमा गंगामाया अधिकारीले समेत अनशनकै बाटो रोजे। सरकारले एक करोड क्षतिपूर्ति दिने र हत्यारालाई कारबाही गर्ने सरकार संगको सम्झौता पछि भने उनले ०७५ असार ३० गते अनशन तोडिकी छिन्।

सम्पर्कविहीन थिए नुरप्रसाद

छोराको हत्याराको माग गर्दै अनशन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भयो। बुबाको निधन भएपछि उनका जेठा छोरा नुरप्रसाद अधिकारी आफ्नो बुवाको शव नै नबुझी सम्पर्क बिहीन भएका थिए।

बुवाको निधन भएको ४ वर्षपछि भने नुरप्रसाद अधिकारीलाई प्रहरीले सम्पर्कमा ल्याएको थियो। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुर हरिहरभवन आसपासबाट साउन २० गते सम्पर्कमा ल्याएको हो।

मानवअधिरकर्मीको 'इन्ट्री'

कृष्णप्रसाद अधिकारीको हत्या भएदेखि नै हत्या अनुसन्धानमा थिए। मानवअधिकारकर्मीहरू सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतका समूह जब नन्दप्रसाद अधिकारीले वीर अस्पतालमा अनशन सुरु गरे त्यसले अझ मानवअधिकारकर्मीलाई बल पुग्यो।  

कृष्णप्रसाद अधिकारी हत्याबारे खेल्न त्यही कारण निर्दोश छविलाल पौडेललाई जबरजस्ती पुर्पक्षको लागि थुनामा जानु परेको छविलाल पौडेलको आफन्तहरूको भनाई छ।

पानीको कुलोको बैठकमा थिए पौडेल

०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको हत्या भयो। उनलाई तीन जना नकाबधारी समूहले अपहरणपछि हत्या गरेको नुरप्रसाद अधिकारीले नै सुरुमा प्रहरीलाई दिएको जाहेरीमा छ। पछि जाहेरी वालाको नाम थप्दै ११ हुँदै १३ जना पुगेको हो।

अधिकारीको हत्या हुँदा हाल पुर्पक्षको लागि डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल भने गाउँकै खानेपानीको बैठकमा रहेको स्थानीबासीको भनाई छ। उक्त खानेपानीको बैठकमा जाहेरीकर्ता नुरप्रसाल अधिकारी र उनका वुबा नन्दप्रसाद अधिकारीसमेत रहेको देवप्रसाद पौडेको भनाई छ।

नुरप्रसादले दिएको जाहेरीमा चितवन अदालतमा साँचीको तर्फबाट बकपत्र बुझाउने साचीले समेत अधिकारीको हत्या भएको दिन पौडेल खाने पानीकै बैठकमा रहेको र उनी दोषी नभएको बताएका थिए।

देवप्रसादका अनुसार साँचीमा ५६ जना रहेको थियो। त्यसमध्ये चारजना नुरप्रसादका अधिकारीका आफन्तबाहेक सबैले छविलाल पौडेल दोषी नभएको बताएको उनको भनाई छ।

सर्वोच्च अदालतमा उपस्थित

कृष्णप्रसाद हत्याको अभियोग लागेका छविलाल पौडेल असार २४ गते सर्वोच्च अदालतमा आफै उपस्थित भएका थिए। उनकी छोरी पम्फा पौडेलका अनुसार छविलाल पौडेल निर्दोष हुँदाहुँदै र घरमै बसिरहँदासमेत विभिन्न माध्यमबाट उनीविरुद्ध फरार शब्द प्रयोग भइरहेकाले उनी आफैँ अदालमा उपस्थित भएका थिए।

हाल पौडेल डिल्लीबजारस्थित कारागार हिरासतमा छन्। उनलाई चितवन जिल्ला अदाल र पुनरावेदन अदालत हेटौँडाले धरौटीमा छोड्न दिएको आदेशलाई उल्ट्याउँदै सर्वोच्च अदालतले उनलाई सर्वोच्चले २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। 

सोही आधारमा उनी अदालतमा आफैँ उपस्थित भएका थिए। उमेरले ७८ पुगेका र विभिन्न रोगबाट ग्रसित छविलाल केही समयअघि मात्रै आँखाको शल्यक्रिया गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.