|
Photo : AP

हैटीको एक जेलबाट १ सय ७० भन्दा बढी कैदी भागेका छन्। राजधानी पोर्ट ओ प्रिन्सबाट ४५ किलोमिटर टाढा पर्ने अर्काहाईको जेलबाट १ सय ७४ जना कैदी भागेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्। 

केही कैदीहरुले नुहाउने बेला भएको घटनामा कैदीहरुले जेलका गार्डले प्रयोग गर्ने कोठा फोडेर पाँच वटा राईफल सहितका अरु हतियार लगेका समाचारमा जनाइएको छ। कैदी र सुरक्षाकर्मीबीचको गोली हानाहानमा एक जना सुरक्षागार्ड र एक जना कैदीको मृत्यु भएको तथा एक जना कैदीको पर्खालबाट लडेर मृत्यु भएको त्यहाँको कानुन मन्त्रायलयले जनाएको छ। 

गोली लागेर दुई कैदी घाइते भएको कानून मन्त्री क्यामिली एडोआर्ड जुनियरले बताए। जेलबाट भाग्न खोज्ने मध्ये ११ जनालाई नियन्त्रणमा लिइसकिएको छ। स्थानीय प्रशासनले संयुक्त राष्ट्रसंघका शान्ति सेनाको सहयोगमा कैदीको खोजी सुरु गरेको छ। प्रहरीले जेल आसपासका सडकमा थप चेकप्वाईन्ट खडा गरी खोजी गरिरहेको छ। तर, भागेका कैदीले जेलमा लगाउने लुगा नलगाएकाले उनीहरुको खोजी सजिलो नहुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.