|

सल्यान : जिल्लाको बागचौर नगरपालिका ६ ठूलापोखरामा रहेको सिद्धार्थ आधारभूत विद्यालयमा पहिरो जाँदा पठनपाठन अवरुद्ध भएको छ।

गएको साउन २० गते पहिरो जाँदा दुईवटा भवनमा क्षति पुगेको र उक्त विद्यालयमा गमंगलबार राति पुनः पहिरो जाँदा पठनपाठन अवरुद्ध भएको प्रधानाध्यापक ज्ञानबहादुर ओलीले बताए।

भूकम्प प्रतिरोधात्मक उक्त दुईकोठे भवनको मूनिबाट पहिरो गएपछि भवन जोखिममा रहेकोले विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक ओलीले बताए। कक्षा पाँचसम्म पढाइ हुने उक्त विद्यालय अर्को निर्णय नहुँदासम्म विद्यालय बन्द हुने उनले बताए।

उनले भने ‘पहिले एउटा दुईकोठे पक्की भवनमा माथिबाट पहिरो झर्दा भवनको पर्खाल भत्किएर ढुंगामाटो कोठाभित्रै पसेको थियो। अर्का दुईकोठे पक्की भवनमा पनि आसिंक क्षति पुगेको थियो। तर त्यसको मर्मत सम्भार नहुँदै एक महिनापछि गएराति पहिरो जाँदा अर्को दुईकोठे भवन पनि जोखिममा पुगेको छ।’

विद्यालयको भवन जोखिममा परेपछि झन्डै एक सय बढी विद्यार्थीको पठनपाठनमा समस्या भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.