प्राविधिकले लिए दश प्रतिशत कमिशन

|

संखुवासभा : भोजपुर जिल्लाको षडानन्द नगरपालिका दिङ्गलाबाट कुदाकाउले जोड्ने सडकमा १२ लाख अनियमिता भएको छ। नगरपालिकाको वडा नम्बर २, ३ र ४ लाई जोड्ने उक्त सडक निर्माण तथा मर्मतमा उपभोक्ता समितिका अध्यक्ष रत्न बहादुर घलेले १२ लाख अनियमिता भएको सदस्यहरुको आरोप छ । 

दिङ्गला–काभ्रे–खार्ताम्छा–कुदाकाउले सडक खण्ड निर्माण योजनाको रकम निर्माण समितिवाटै लाखौं हिनामिना भएकोे छ। गत आर्थिक वर्ष २०७४/०७५ बाट उक्त सडक खण्डका लागि नगरपालिकाबाट ४० लाख रकम विनियोजन गरिएको थियो। योजनाकोे पहिलो किस्ता भुक्तानीमा नै सडक निर्माणको पहिलो किस्ता बापतको १८ लाख निकासा भएको थियो।

सडक योजनाको खातामा जम्मा भएको १८ लाख रकम एकै दिन १० लाख भन्दा बढी रकम निकाल्न नमिल्ने भएपछि अध्यक्ष घलेको नाममा रकम विभाजन गरेर निकासा गरिएको  पाईएको छ। घलेले वाणिज्य बैंकको दिङ्गला शाखाबाट लिएको ऋण समयमा पैसा नतिरे पछि तीन पटक सम्म पनि बैंकले पत्र काटदा पनि नतिरे पछि योजनाको रकम घलेको खातामा जम्मा भएपछि बैंकले सुरुमा नै २ लाख ५० हजार रकम काटेर १५ लाख ५० हजार मात्रै दिएको उपभोक्ता समितिका  सदस्य दिपक भुजेलले वताए। १२ लाख बढी भएको अनियमिता बारेमा अध्यक्ष घलेसँग कुरा गर्दा सडक निर्माणका लागि स्काईभेटर मेसिन सम्झौता गर्दा सो रकम बराबरको व्यक्तिगत खर्च भएको स्वीकार गरेका छन्। व्यक्तिगत कामका लागि एक महिना दिङ्लाका दुईवटा होटलमा बस्दा उपभोक्ता समितिका सचिव भिम राईले गरेको खर्चको बिल समेत समितीले तिरेको पाइएको छ । 

दिङ्गला–काभ्रे–खार्ताम्छा–कुदाकाउले सडक खण्ड निर्माण आयोजनामा प्राविधिकले समेत १० प्रतिशत लिएको खुलेको छ। सडक आयोजनाको रकम प्राविधिकले समेत लिएको सार्वजानिक भएपछि उक्त रकम प्राविधिकले उपभोक्ता समितीका सचिवलाई फिर्ता गरेको सदस्य भुजेलले बताए। 

आयोजनाका सदस्य रुद्र तामाङ्गले पनि छोरीलाई काठमाडाैं पठाउने खर्च भनेर सापटी लगेको ५० हजार रकम अहिलेसम्म फिर्ता नभएको अध्यक्ष घलेको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.