|

अछाम : काईनेटिक खानीको सुरक्षा तथा संरक्षणका लागि अछाम प्रहरीले जिल्लाको बारलामा अस्थाई प्रहरी पोष्ट स्थापना गरेको छ। पञ्चदेवल विनायक नगरपालीका–८ मा रहेको काईनेटिक ढुंगा खानीको सुरक्षा तथा संरक्षण गर्नका अस्थाई प्रहरी पोष्ट स्थापना गरीएको हो। 

बारलाको लेक क्षेत्रमा रहेको खानी संरक्षणको आवाज स्थानिय स्तरबाट उठेपछि र सुरक्षाका दृस्टिकोणले अन्य पोष्टबाट टाढा भएकोले अस्थाई पोष्ट स्थापना गरीएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रुकेश तण्डुकारले बताए। उनका अनुसार उक्त अस्थाई पोष्टमा अहिले ७ जना प्रहरीका साथै हात हतियार पठाइएको छ। 
उक्त क्षेत्रमा रहेको काईनेटिक खानीबाट खानिजन्य बस्तु चोरी निकासी भईरहेको व्यापक गुनासो पछि प्रहरी पोष्टको माग गरीएको वडा अध्यक्ष तारा प्रसाद खनालको भनाइ छ। 

प्रहरी पोष्ट स्थापना भए पछी काईनेटिक खानीबाट खानीजन्य बस्तुको चोरी निकास रोकिने स्थानियको विश्वास छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.