|

हुम्ला : जिल्लाको उतरी क्षेत्र चीनको स्वाशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका-६ वडाको लिमीको हल्जी गाउँमा लिमी पर्यटन महोत्सव सम्पन्न भएको छ। प्रदेशले कर्णाली पर्यटन महोत्सव २०७५ घोषण गरेअनुसार नाम्खा गाउँपालिकाले पनि पहिलो पटक लिमी पर्यटन महोत्सव आयोजना गरेको हो। 

भाद्र १८ देखि २० गतेसम्म चलेको लिमी पर्यटन महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका थिए। सडक सञ्जाल नछोएको हुम्ला जिल्लामा प्राकृतिक रुपमा सुन्दर मानिएको हल्जी गाउँमा पर्यटन महोत्सवको आयोजना गरी विभिन्न कला, सांस्कृति,स्थानीय उत्पादन, जडीवुटी, चौरीगाइबाट बनाएका विभिन्न प्रकारका चिजहरूको समेत प्रदर्शनी गरिएकाे थियाे। कर्णली प्रदेश प्राकृतिक साैन्दर्यता बोकेको प्रदेश हो।

हिजो कुनै वेला भूगोललाई सुवर्ण भूमिको रुपमा परिचय थियो। तर कर्णाली विकट, भौगलिक विकटता भएता पनि  देवीदेवताहरू आएर बास बसेको ठाउँ यही होे। शिवजी हुम्ला भएर कैलाश मानसराेवर पवित्र बासस्थान भएको ठाउँ मानिन्छ।

हुम्लाको लिमीमा यातायात, स्वास्थ्य, शिक्षा, कृषि जडीवुटीलगायत सरकारले पहिलो प्रथामिकता दिएमा मात्र यहाँको पर्यटन  विकासको सम्भावना हुने कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। उनले कर्णाली प्रदेशकै हुम्ला जिल्ला स्रोत साधनको धनी प्रदेश भएकोले यसको भरपुर उपयोग गर्नु पर्नेमा जोड दिए। प्राचीनकालीन सांस्कुति, जलस्रोत, जडिबुटी, प्राकृतिक स्रोत साधनको भरपुर उपयोगले कर्णाली प्रदेशलाई  परिवर्तन गर्नका लागि प्रदेश सरकार लागि परेको  मुख्य मन्त्री शाहीले बताए। 

सरकारले कारवाही गर्दा सरकारी कर्मचारीलाई कर्णालीमा पठाउने गरेको भएता पनि आउने वर्षहरूमा कर्णालीमा बस्नको लागि कर्मचारीको हानथाप हुने गरी कर्णाली प्रदेशलाई नमुनाको प्रदेश बनाउने बताए। कर्णालीका अधिकांश गाउँमा संचार सेवा नपुगिरहेको अवस्थामा कर्णालीका बासिन्दाले संचारबाट वन्चित हुनु परेको छ। हुम्लाको लिमीका तिनैवटा गाउँका सर्वसाधारणलाई संचारसँग जोड्नका लागि प्रदेश सरकारले सञ्चारको लागि लिमीमा छिटै नेपाल टेलिकम केन्द्रीय कार्यालयलाई  टेलिफोनको टावर जोड्न प्रयास गरिरहेको सामाजिक विकास मन्त्री दलबहादुर रावलले बताए। 

आफू हुम्लामा जन्मेको  जिल्ला भएकोले गौरव महशुस भएको हुनाले लिमी जनताको लागि आर्थिक रुपान्तरण र परिवर्तन  लागि प्रदशे सरका लागि पर्ने प्रतिवद्धाता जनाएका छन्। हुम्लाको विकासको लागि यथेष्ट बजेट आर्थिक वर्ष २०७५/०७६ आर्थिक वर्षमा विनियोजन गरिएको मन्त्री रावले बताए। हुम्ला कर्णाली प्रदेशकै पर्यटकीय हिसबाले एकनम्बर जिल्ला भएकोले यसलाई कर्णाली प्रदेशले भौतिक पूर्वाधारको विकास  गर्नुपर्ने अवस्था आएकोले कर्णाली प्रदेश लागिपरेको कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले बताए। 

समृद्ध कर्णाली प्रदशलाई विकास गर्न पर्यटकीय क्षेत्र  लिमी उपत्यकासँगै जोडिएको मानसरोवर कैलाश दर्शनको लागि सडक सञ्जाल जोडेमा  यस प्रदेशले आर्थिक लाभ लिन सकिने सम्भावना भएकोले स्थानीय तह,प्रदेश र केन्द्र सरकार लाग्नु पर्ने प्रतिनिधि सभा हुम्लाका  सांसद छक्कबहादुर लामाले आग्रह गरे। लिमी उपत्यका पौराणिक, ऐतिहासिक महत्व ११०० साल पुरानो हल्जी गुम्बा भएकोले पनि यसलाई प्रचारको अभाव भएकोले पनि यसको विकास गर्नु पर्ने सांसद लामाले बताए।

हल्जी गुम्बा कर्णालीका सिँजा पति महाराज अशोक चल्लले बनाएको यो ऐतिहासिक हल्जी गुम्बा अहिले आएर ९०० वर्षपछि पुन कर्णाली प्रदेश सरकार बनेकोले, यसलाई कर्णाली प्रदेशले खुशी साथ पहिलो प्रथमिकता साथ हेरिनुपर्ने संसद लामाले आग्रह गरे। नाम्खा गाउँपालिका हुम्लाको समृद्ध गाउँपालिका बनाउनका लागि यहाँकाे पर्यटकीय क्षेत्र र जैविक वस्तुको प्रवर्द्धनमा गाउँपालिकाको ध्यान उच्च रहेको अध्यक्ष लामाले बताए।

लिमी पर्यटकीय महोत्सवमा स्थानीयले जैविक उत्पादन खाद्यान्न पदार्थ, स्थानीय उत्पादन गरेका हस्तकलाका सामान लोप हुँदै गएका तिब्तीयन सांस्कृतिक समेत प्रदर्शन गरेका थिए। नाम्खा गाउँपालिका-१ देखि ६ सम्मका हरेक वडाले आ-आफ्नै संस्कृति झल्कने स्याब्रो नृत्य र छ्याम नाच समेत प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.