|

हेटौँडा : मकवानपुरमा बिहीबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

पानीसँगै परेको चट्याङ लागेर हेटौंडा उपमहानगपालिका -१३ पदम पोखरीका ११ वर्षीय रोजन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घरमा खेलिरहेका बेला चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा हेटौँडा-११ नवलपुरमा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै हेटौडा उपमहानगरपालिका-७ की ४० वर्षीया सावित्रि लुइँटेल र बकैया गाउँपालिका-११ ठिंगनका ३७ वर्षीय कृष्णलाल स्याङ्तान चट्याङ लागेर घाइते भएका छन्। दुबैजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.