|

गुल्मी : राष्ट्रिय जनमोर्चा पार्टीका महामन्त्री मोहन विक्रम सिंहले वर्तमान सरकारले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धताअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

गुल्मीको सदरमुकाम तम्घासमा राष्ट्रिय जनमोर्चा गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्न नसक्दा नेपाली जनतामा निरासा छाएको बताए।

निर्वाचनको समयमा देशमा ठूलाठूला उधोग तथा कलकारखाना खोली युवालाई स्वदेशमा नै रोजगार दिने, कृषि, पशुपालनामा युवालाई आर्कषित गरी विदेश पलायन हुनबाट रोक्ने जस्ता प्रतिबद्धताहरू गरेको भएता पनि वर्तमान सरकारले त्यस प्रति ध्यान नदिएको उनले बताए। उनले आफ्नो वाचा पूरा गर्न नसकेकाले वर्तमान सरकारले आफ्नो विश्वास गुमाउँदै गएको समेत भनाइ राखे।

अर्को एक फरक प्रसंगमा नेता सिंहले नेकपा पार्टी कम्युनिस्ट पार्टी जस्तो नभएको दाबी गरेका छन्। 'अहिले नेकपा एमाले र नेकपा माओवादी पार्टी एकीकरण हुनु राम्रो भएता पनि उनीहरू माक्सवादी सिद्धान्तबाट विचलित भएका छन्।'

नेपालका महत्वपूर्ण आन्दोलनमा सबै राजनीतिक दलहरूको सहयोग र संलग्नताले परिवर्तन आएको भन्दै अब नेपालको समंग्र विकासका निम्ति राजनीतिक दलहरूको सहकार्यबाहेकको विकल्प नरहेको बताए।

नेता सिंह वर्तमान सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्ने प्रयास गरेता पनि सरकार भित्रैबाट रोक्ने प्रयास भइरहेको आरोप लगाए। सरकारको इच्छा शक्ति कम्जोर भएका कारण सिन्डिकेट पूर्णरूपमा हट्न नसकेको बताए।

संघीयताले विकासमा बाधा ल्याउने र वर्तमान समयमा करवृद्धिका कारण पनि जनता संघीयताविरुद्ध स्वतस्फूर्त रूपमा आउने दाबी गरे। यतिबेला आफ्नो पार्टी आठौँ महाधिवेशनमा केन्द्रित रहेकाले जिल्लाहरूमा संघीयता विरोधी कार्यहरू गर्दै आएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.