|
फोटो : रमेश पराजुली

पोखरा : गोरखामा हिमानी ट्रष्टद्वारा निर्माण गरिएको एक विद्यालय भवनको पूर्वरानी कोमल शाहले उद्घाटन र हस्तान्तरण गरेकी छन्। पालुङ्गटार नगरपालिका ५ को ठाँटीपोखरीमा हिमानी ट्रष्ट र बुद्धिष्ट अर्गनाइजेशनले संयुक्त रूपमा निर्माण गरेको भवानी माध्यामिक विद्यालयको बिहीबार पूर्वरानी शाहले हस्तान्तरण गरेकी हुन्।

चार करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको २० कोठे भवनको गत वर्षको मंसिर १९ गते ट्रष्टकी अध्यक्ष हिमानी शाहले शिलान्यास गरेकी थिइन्। विद्यालय हस्तान्तरण कार्यक्रममा कोमलसँगै पूर्वयुवराज पारश शाह, यूवराज्ञी हिमानी शाह पालुंटार पुगेका थिए। कोम हिमानी ट्रष्टको संरक्षक हुन्। धेरै समयपछि पारस र हिमानीसँगै समेत देखिएका थिए। उनीहरूले सँगै बसेर तस्बिरसमेत खिचाएका थिए।

विसं २०७२ सालको गोरखा भूकम्पले विद्यालय भवन भत्काएपछि ट्रष्टले तत्कालीन जिल्ला शिक्षा कार्यालयसँगको अनुमतीमा निर्माणको जिम्मा लिएको थियो। कोमल, हिमानीलगायतका अन्य सदस्यहरू गाडीमा पालुंटार पुगे पनि पारस भने फिस्टेल एयरको हेलीकोप्टर चढेर पालुंटार पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.