|

बाँके : रेडपाण्डाको छालासहित प्रहरीले एक जनालाई नेपालगन्जबाट नियन्त्रणमा लिएको छ। प्रदेश ५ प्रहरी कार्यालय अनुसन्धान ब्यूरोको टोलीले नेपालगन्ज न्यूरोडस्थित होटल स्वस्तिकबाट रेड पाण्डाको छालासहित एकजनालाई नियन्त्रणमा लिएको हो।

अवैध कारोवारका लागि बाजुराबाट नेपालगन्ज ल्याएको अवस्थामा बाजुराको कात्तिकस्वामी गाउँपालिका–३ निवासी ३५ वर्षीय जगीन्द्र बहादुर शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। शाहीलाई स्वस्तिक होटलको १०३ नम्बर कोठाबाट नियन्त्रणमा लिएको प्रदेश ५ प्रहरी कार्यालय अनुसन्धान ब्यूरो टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।

पक्राउ परेका शाहीलाई थप कारबाहीका लागि जिल्ला बन कार्यालय बाँकेमा पठाइएको उनले जानकारी दिए। शाहीले बाजुराबाट बिक्रीका लागि दुर्लभ रेड पाण्डाको छाला नेपालगन्ज लिएर आएको प्रहरी निरीक्षक पौडेलको भनाई छ।

दुर्लभ रेड पाण्डाको तस्करी गर्नेलाई पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.