|

डडेल्धुरा : सुदूरपश्चिमेलीहरूको महान् पर्व गौराको अवसरमा डडेल्धुरा सदरमुकाम बसपार्कमा सञ्चालन भइरहेको राष्ट्रिय गौरा महोत्सवको दोस्रो दिन बिहीबार सहभागीहरूले चर्को घामलाई बेवस्ता गर्दै देउडा खेलेका छन्।

आफ्नो परम्परागत संस्कृतिको जर्गेना गर्ने उद्देश्यले उनीहरूले चर्को घामलाई बेवास्ता गर्दै देउडा खेलेका हुन्। देउडा खेलमा सुदूरपश्चिमेली युवा, वृद्धवृद्धा, स्थानीय तहका प्रमुख, पुरूष तथा महिलाहरूको सहभागीता थियो।

विगतका वर्षहरू झै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले ‘राष्ट्रिय गौरा महोत्सव २०७५’ आयोजना गरेको हो। महोत्सवमा गौरानाच, फाग, धुमारी, बालोनाचलगायतका कार्यक्रमहरू गरी यस वर्षको गौरा मनाइँदै छ। २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा महिला र पुरूष देउडा प्रतियोगिताहरू पनि सञ्चालन भइरहेको छन्। आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले महोत्वसको आयोजान गरिएको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए।

हेर्नुहोस् फोटोहरू

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.