|

हेटौँडा : मिस नेपाल श्रृंखला खतिवडालाई मकवानपुर उद्योग वाणिज्य संघले एक लाख रुपैँया सहयोग गरेको छ।

मिस नेपाल खतिवडाले मकवानपुरको कैलाश गाउँपालिकाको भार्तामा निर्माण गर्न लागेको स्वास्थ्य चौकी भवनका लागि संघले एक लाख रुपैँया सहयोग गरेको हो। संघका पदाधिकारीहरूले व्यक्तिगत रूपमा रकम गरेको रकम बिहीबार मिस नेपाल खतिवडालाई हस्तान्तरण गरिएको छ। संघका अध्यक्ष कृष्ण कटुवालले ग्रामीण भेगका बासिन्दाको स्वास्थ्यमा सहजताका लागि स्वास्थ्य चौकी भवन निर्माण गर्न लागेकाले सहयोग गरेको बताए। ४० लाख रुपैँया लागत लाग्ने भवनका लागि सहयोग प्राप्त भएकोमा मिस नेपाल खतिवडाले खुशी व्यक्त गरिन्।

सबै क्षेत्रको सहयोगबाट आफूले ग्रामीण भेगमा स्वास्थ्य चौकी भवन निर्माणको काम शुरुवात गर्न लागेको उनले बताइन्। सहयोग जुट्ने क्रम जारी रहेको समेत उनले जानकारी दिइन्। उनले २ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै सामग्री ढुवानीमा भने निकै समस्या भएको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.