काठमाडौंपछि सात प्रदेशमा

|

काठमाडौं : विकास न्यौपाने काठमाडौंको त्रिपुरेश्‍वरमा जन्मेका हुन्। दशरथ रंगशालाअगाडि घर भएको कारण पनि खेल गतिविधिसँग उनको सामिप्य बढ्यो।

उनी स्कुल पढ्दादेखि नै फुटबल लगायतका खेलमा सहभागी बन्न थाले। न्यौपानेको इच्छा खेल खेल्ने मात्रै भएन अरुलाई खेल्ने वातावरण बनाउनु र आफ्नो व्यवसाय त्यहीँ जमाउनु रह्‍यो।

उनको परिवार भने मेडिकल क्षेत्रमा जमिरहेको थियो। तर उनलाई बुवाको मेडिकल व्यवसायले तानेन तान्यो रंगशालाको वातावरणले। त्यही क्षेत्रमा जमाउन मन लाग्यो उनलाई आफ्नो व्यवसाय।

सुरुवातमा 'माइनस'बाट ट्रफीको पसल सुरु गरेका न्यौपानेले जब खेल पूर्वधारको विकासमा आफूलाई केन्द्रित गर्न थाले त्यसपछि दिनदिनै उनको व्यवसायिक सफलता उकालो चढिरहेको छ। व्यावसायिक थकानको सुस्केरा लगाउनु पर्ने अवस्था आएको छैन।

१० वर्षअघि पाँच लाख रुपैयाँ लगानी गरेका उनले अहिले करिब १० करोड रुपैयाँको लगानी विस्तार गरेका छन्। ट्रफी पसलबाट आफ्नो व्यवसाय सुरु गरेका उनी अहिले बच्चादेखि बुढासम्मलाई आवश्‍यक पर्ने खेलका पूर्वधार निर्माणको काम गर्छन्। 'रंगशाला अगाडि घर भएपछि मलाई खेलप्रतिको सामिप्य त रह्‍यो नै , आफ्नो व्यवसाय पनि खेलमै केन्द्रित गर्न मन लाग्यो' खेल क्षेत्रको पूर्वाधार निर्माणमा आफ्नो उपस्थिति देखाउँदै आएका युवा उद्यमी न्यौपानेले थाहासँग भने।

न्यौपानले आफ्नो कार्यक्षेत्र निकै फराकिलो बनाएका छन्। उनको माइक्रो स्पोर्टस् इक्युप्मेन्ट प्रालिबाट प्रि स्कुलदेखि क्याम्पसहरूसम्मा गएर खेल मैदान मात्रै हैन विद्यार्थी कस्तो वातावरणमा पढ्छन्। कस्तो पूर्वाधार विकास गर्नु पर्छ भनेर परामर्श दिन्छन् र विद्यालयले आवश्‍यकता महसुस गरेमा त्यो कामको जिम्मा आफैँ लिन्छन्। स्कुल क्याम्‍पसमा ल्याबहरू पनि बनाउने गर्छन्। विदेशी मगाएर पनि आफ्नो काम भने फत्ते गर्छन्।

अहिले उनले करिब २० वटा स्कुल पूर्वाधार विकास ल्याबहरूको निर्माण वैज्ञानिक कलर तथा टेबल बेञ्च गराउने गरेका छन्। धेरै ठाउँमा फुटसल मैदान निर्माण गरेका उनी त्रिपुरेश्‍वरमै एक आकर्षक पार्क निर्माण गरिरहेका छन्। चोटपटक नलाग्ने खालको खेल मैदानका साथै बच्चाहरूलाई चाहिने खेल पूर्वधार एउटै मैदानमा धेरै खेलका प्रयोजन लगायतका विषयमा उनको ध्यान जान्छ। 'एउटै कभर्ड हल, तर त्यहाँभित्र रेखा परिवर्तन गरेपछि धेरै किसिमका खेल खेल्नेगरी मैदान तयार हुन्छन्' न्यौपानले भने।

अबको सपना
न्यौपाने भन्छन् अहिलेसम्मको काम सुरुवाती मात्र मात्रै हो। खेलमा पूर्वधार विकासमा खास लगानी उनी अब सुरु गर्नेछन्। कामको रफ्तार बढ्नेछ। 
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै स्थानीय क्‍लब र निजी स्कुलहरूसँग पनि काम गर्ने योजना उनको छ।

प्रत्येक प्रदेशमा ठूला खालका एक वटा पार्क र खेल मैदान बनाउने उनको आगामी पाँच वर्षभित्रको योजना छ। जसमा उनको एकल लगानी नरहेर सरकारसँगको समन्वयनमा  रहनेछ। अहिले करोडमा गरेका लगानी उनी ५/|७ वर्षभित्रनै अर्बको हाराहारीमा विस्तार गर्न चाहन्छ।

आफ्नो भविष्यको योजनाका विषयमा जानकारी गराउँदै न्यौपाने भन्छन् 'काठमाडौंका कुनै स्कुल तथा क्याम्पस हुने छैन जहाँ मेरो उपस्थिति नपुगेको होस्, मैले स्कुलहरूमा अहिले पूर्वधारको आवश्‍यकता, ल्याबहरूको प्रयोग तथा कभर्डहलहरूको आवश्‍यकताका विषयमा जानकारी गराउँछु।' उनले महानगर तथा वडा कार्यालयसँग सहकार्य गरेर हरेक टोलमा एउटा खेल मैदान र एउटा पार्क निर्माणको तयारी गरेका छन्।

अबको पाँच वर्ष हजुर आमाले नाति नातिनालाई बिहानै बेलुका पार्कमा खेलाउन लैजाने चाहना राख्दै सजिलै पार्कमा पुग्न सकोस्' न्यौपानेले भने।

लगानीको प्रतिफल बताउन नचाहने न्यौपानले अहिलेसम्म प्रतिफलबाटै लगानी विस्तार गरेको बताउछन्। अब भने ऋण खोजेरै पनि आक्रमक रूपमा अघि बढ्ने योजना उनको छ। प्रत्येक प्रदेशमा ठूला खालका एक वटा पार्क र खेल मैदान बनाउने उनको आगामी पाँच वर्षभित्रको योजना छ। जसमा उनको एकल लगानी नरहेर सरकारसँगको समन्वयनमा  रहने छ। अहिले करोडमा गरेका लगानी उनी ५/|७ वर्षभित्रनै अर्बको हाराहारीमा विस्तार गर्न चाहन्छन्। कभर्डहलहरू निर्माण ल्याबहरू बनाउने लगायतका कार्यमा अहिले विदेशबाट समेत प्राविधिकहरू बोलाएर काम गर्ने गरेका उनी अबका दिनमा भने विदेशबाट प्राविधिक बोलाउनु नपर्ने दाबी गर्छन्।

प्रत्यक्ष १२ महिना २० जनालाई रोजगारी दिएका उनले कम्तीमा पाँच वर्षभित्र ५०० सय युवालाई रोजगारी दिने योजना बोकेको बताए। 'म अब खेल पूर्वधार पार्कहरू निर्माण, स्कुललाई आवश्‍यक पर्ने ल्याबहरू र स्कुलको पूर्वधार क्षेत्रमा नै जम्ने हो तर यसमा सरकारको पनि सहयोग भने आवश्‍यक पर्छ' न्यौपानेले दोहोर्‍याए 'म रंगशाला अगाडि भएको नागरिकको हिसाबले आफ्नो परिचय स्थापित गराउन चाहन्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.