|

रुकुम : रुकुम पश्चिम मुसीकोट नगरपालिकाको सोलावाङबाट गाराघाट जाँदै गरेको लु२त ८७६ण नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका ९, की  २८ वर्षीय धनमाया देवकोटा छिन्। दुर्घटनामा मृतककै १३ वर्षीय छोरी मुना, मुसिकोट नगरपालिका–१३, की २४ वर्षीय कमला केसी र बाँफिकोट–९ की १६ वर्षीया ललिता ओली घाइते छन्। जसमा मुना र ललिताको अवस्था गम्भीर छ।

घाइते तीनै जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिए छ। चालक स्थानीय पानाखोलामा आएको पानीको सतह हेर्न झरेको बेला रोकिराखेको ट्रयाक्टर आफैँ गुडेर दुर्घटना भएको बताइएको छ। ट्रयाक्टर चालक फरार रहेको र घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.