|

दैलेख : अविरल वर्षाका कारण घर भत्किँदा दुईजना घाइते भएका छन्। दुल्लु नगरपालिका- ४ को शान्ति बजारमा कर्ण बहादुर कार्कीको घर भत्किँदा एकजनाको अवस्था गम्भिर रहेको र दुई जना घाईते भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी प्रमुख बजिर सिंह विष्टले जानकारी दिए।

घाइते हुनेमा कर्ण बहादुर कार्कीकी श्रीमती कमला भण्डारी (कार्की) दुई वर्षीय छोरा आदर्श कार्की घाइते भएका छन् भने १३ वर्षीय छोरी आशिका कार्कीको अवस्था गम्भीर रहेको बताइएको छ।

आमा कमला भण्डारी र छोरा आदर्श कार्कीको दुल्लु अस्पतालमा उपचार भइरहेको छ भने छोरी आशिका कार्कीलाई दुल्लुमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ।

घर भत्किँदा घर पूर्णरुपमा क्षति भई चार लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दुल्लुका इन्स्पेक्टर बजिर सिंह विष्टले जानकारी दिएका छन्। घरमा पुरिएको सामान नेपाली सेना इन्द्र दल गुल्म दुल्लुको र इलाका प्रहरी कार्यालय दुल्लुले उद्धार गरेको दुल्लु प्रहरी प्रमुख बजिर सिंह विष्टले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.