|

कञ्चनपुर : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्याकाण्डका दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन्।

भीमदत्त नगरपालिकामा राष्ट्रिय मानवअधिकार अयोगले आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जफावदेहिता विषयक राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै उनले दबाव र प्रभावमा परेर अपराधी नछुट्ने बताए। अपराधी पत्ता लगाउनका लागि सबै विधिको प्रयोग भइरहेको उनको भनाइ छ।

उनले जिल्ला नेतृत्वका कारण आफू लज्जित हुनुपरेको बताए। 'नालयक नेतृत्वका कारण लज्जित भएका छौँ', उनले भने ‘अनुसन्धानमा लापरबाही गर्नेलाई कानुनले माफ गर्दैन। मैले पनि माफ गर्दिनँ।’

निर्माला हत्याकाण्डले ठूलो पाठ सिकाएको उल्लेख गर्दै उनले अपराध न्यूनीकरणका लागि भावी योजना बनाउन बाध्य भएको बताए। दोषी नै मानेर प्रहरी उपरीक्षकलाई निलम्बन गरिएको उनले बताए।

प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा आएको अनुसन्धान टोलीले छानबिनको कार्य अगाडि बढाएको कुरामा जोड दिँदै उनले टोलीलाई सहयोग गर्न आग्रह गरे। 'अनुसन्धानलाई नतिजामै पुर्‍याएरै छाडिन्छ' उनले भने, ‘दोषीलाई कठघारामा ल्याउन तत्पर छौं।’ जुनसुकै ओहदाको अपराधी भए पनि छुट नपाउने उनको भनाइ रहेको थियो।

प्रहरीलाई टेक्नोलोजीलाई एडभान्स बनाउने कार्य अगाडि बढाइएको बताउँदै उनले मानव बेचविखन नियन्त्रण व्यूरो र साइबर सेक्युरिटी व्यूरो स्थापनाको कार्य अगाडि बढाइएको भनाइ राखे। प्रहरीलाई चुस्त, दुरुस्त र योजनाबद्ध रूपमा अगाडि बढाउने जमर्को गरिरहेको उनले बताए।

अपराधी जनुसुकै धर्म, जाति र वर्गको भए पनि छुट पाउन सक्दैन : मन्त्री शाह

भीमदत्त नगरपालिकामा राष्ट्रिय मानव अधिकार अयोगले आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जफावदेहिता विषयक राष्ट्रिय अभियान कार्यक्रममा बोल्द प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बढदै गएको अपराध न्यूनीकरण गर्नका लागि सबैको सहयोगको खाँचो भएको बताए।

अपाराधी जनुसुकै धर्म, जाति र वर्गको भए पनि छुट पाउन नसक्ने उनको भनाइ छ। अपराधका घटनाको छानबिनको कार्य पारदर्शी ढंगले गरिए मात्र सुरक्षा निकाय र सरकारप्रति जनताको विश्वास बढने भन्दै अनुसन्धानबाट सत्य तथ्य कुरालाई बाहिर ल्याउनु पर्ने उनले बताए। प्रदेश सरकारले अपराध न्यूनीकरणका लागि कार्य गम्भीरतापूर्वक कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

महिलालाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउनु पर्छ : प्रवक्ता अन्सारी

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले समाजमा महिलालाई हेर्ने दृष्टीकोणमा परिवर्त ल्याउनु पर्ने बताइन्। अपराध न्यूनीकरणमा प्रहरीको जफावदेहिता हुनु पर्ने उनको भनाइ थियो। शुक्रबार देखि नै कञ्चनपुरबाटै महिला हिंसा न्युनीकरण एवं मानव अधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियानको शुरुवात गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.