|

हेटौँडा : नेपाल रेडक्रस सोसाईटी मकवानपुरको सभापतिमा सूर्यचन्द्र न्यौपाने पाँचौ कार्यकालका लागि चयन भएका छन्। हेटौँडामा सम्पन्न ५० औँ साधारणसभा एवं अधिवेशनबाट न्यौपाने सभापतिमा निर्विरोध चयन भएका हुन्।

निर्वाचनको कार्यतालिका घोषणा गरेपनि सभापतिमा उनको बाहेक अरूको उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ। केही समयअघि प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा नियुक्त भएका उनी पछिल्लो दुई दशकदेखि निरन्तर रेडक्रस मकवानपुरको सभापति छन्।

अधिवेशनबाट १४ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। अधिवेशनमा मकवानपुरका २५ उपशाखाका प्रतिनिधिसहित १५० जनाले मतदाता रहेका थिए।

कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्यहरू मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल लगायतको सहभागिता रहेको थियो।

रेडियो थाहा तेस्रो

रेडक्रसले जिल्लामा सबैभन्दा बढी रगत संकलन गर्न सफल तीन संस्थालाई सम्मान गरेको थियो। आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा सबैभन्दा बढी रगत संकलन गर्न सफल ३ नम्बर प्रहरी प्रदेश कार्यालय पहिलो हुँदै सम्मानित भएको छ। ४ नम्बर वडा प्रहरी कार्यालय दोस्रो र रेडियो थाहा सञ्चार तेस्रो हुँदै सम्मानित भएको छ। रेडियो थाहा संचार अघिल्लो आर्थिक वर्षमा बढी रगत संकलन गरेर प्रथम भएको थियो। कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले ती संस्थालाई सम्मान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.