|

हुम्ला : खापुनार्थ गाउँपालिका–२ कारङ्गगाउँको कारङ्गखोलामा रहेको काठेपुल बाढीले बगाउँदा तीन महिनादेखि विद्यार्थीहरु विद्यालय जान सास्ती व्यहोर्दै अाएका छन्। गत जेठ २८ मा बाढीले वडा नं. १ रहेको कारङ्गगाउँ र रायागाउँमा जोड्ने पुल बगाएपछि विद्यार्थीहरु विद्यालय जान सास्ती व्यहोर्न बाध्य भएका हुन्।

कारङ्ग गाउँबाट हुम्ला मावि रायमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका १४ जना विद्यार्थी महिनौंसम्म विद्यालय जान दु:ख भोग्दै अाएको कक्षा १० मा अध्ययनरत नविना शाही बताइन्। ५० हजार रुपैयाँको लागतमा  निर्माण गरिएको ३० मिटर लम्बाइको उक्त काठे पुल बाढीले बगाएपछि कारङ्गगाउँमा स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय विवेक शाहीले बताए।

पुल हुँदा बालबालिका आफैं विद्यलाय जाने गरेको तर अहिले हरेक दिन खोला तार्न जानु परेको शाहीले बताए।  अभिभावकले नभ्याएको बेला विद्यालय जान नपाएको कक्षा ८ की विद्यार्थी सुनिता शाहीले बताइन्। खेलामा काठे पुल हुँदा घरबाट ३० मिनेटमा पुगिने विद्यालय अहिले तीन घण्टा लाग्ने गरेको विद्यार्थीहरुको गुनसो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.