|

पर्सा : बसको ठक्करबाट धोविनी गाउँपालिका–१ मा एक बालिकाको मृत्यु भएको छ। ठोरीबाट सदरमुकाम वीरगन्ज आउँदै गरेको बसको ठक्करबाट चार वर्र्षीया बालिकाको मृत्यु भएको हो।

मृत्यु हुने प्रितिकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। ठोरीबाट बिहान वीरगन्जतर्फ आइरहेको ना ७ ख ७७ १९ नम्बरको बसले साहको घर नजिकै बाटोमा ठक्कर दिएको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि पोखरिया अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषण गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.