|

 काभ्रे :  स्थानीय सहकारीले गरेको दर खाने कार्यक्रममा गएका काभ्रेका २०० भन्दाबढीलाई 'फुड पोइजन' भएको छ। फुड पोइजन भएका बिरामीलाई अहिले चार वटा अस्पतालमा उपचार भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमडौं स्थित सिभिल हस्पिटलमा पठाईसकेको जनाएको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भईरहेको छ। काभ्रेका हस्पिटलहरूमा ती विरामीलाई उपचार गराउनको लागि 'बेड' को समेत अभाव भएपछि भुइँमै राखिएर उपचार भइरहेको छ। 

हेर्नुस् फोटो

नोट: सम्वन्धित फोटाहरू थाहाखबरका पेमा लामाले खिचेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.