|

काभ्रे : सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर दर खाँदा काभ्रेमा दुई सय जनाभन्दा बढी बिरामी परेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–९ भेटवालथोकका गीता खनाल भन्छिन् ‘गाह्रो भएर कोही सुतिरहनुभएको छ, कसैलाई अस्पतालमा लगिसकेका र कोही ल्याउने क्रममा रहेको छ।’

‘सबैजना नै मिलेर पकाएर खाएका हौँ, खै के भयो, खाएपछि सबैजसो बिरामी पर्न थाल्यौँ।’ उनले भनिन्, ‘खानामा चना, केराउ, पुलाउ, पनिर र मुलाको अचार वितरण गरिएको थियो, के मा कैफियत थियो थाहा पाउन सकेनौँ।’ अर्का बिरामी पाँचखाल नगरपालिका–९ भेटवालथोकका देवकुमारी भेटवालले भनिन्। 

धेरै खाने बढी बिरामी र थोरै खाने कम बिरामी

शुक्रबार बेलुका चार बजेतिर भएको भोजमा कागजको प्लेटमा अलिअलि खाएको उनले बताइन्। उनका अनुसार धेरै खानेलाई बढी बिरामी र थोरै खानेहरु कम बिरामी छन्। ‘श्रीमानले पहिलादेखि नै खुत्रुके बचत गर्नुहुन्थ्यो, म त पहिलोपटक संस्थाको कार्यक्रममा सहभागी भएको थिएँ’ भेटवालले भनिन्, ‘म त पहिलोपटक संस्थाको कार्यक्रममा जाँदा यस्तो अवस्था भयो।’

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारी आयोजना गरेको तिजको भोज दर खाँदा गाउँभरिका मानिसहरु बिरामी परेको र उपचारको लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताए। खरेलले भने ‘झण्डै तीन सयभन्दा बढी नै विरामी भएको अवस्था छ, केहीको बनेपा र धुलिखेलमा उपचारको लागि पठाइसकेको र बाँकीको गाउँमा नै उपचारको लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल अस्पतालको स्वास्थ्यकर्मीको टोलीले उपचार गराईरहेको छ।’

जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक गिरीका घटनास्थललगायत पाँचखालमा भएको पोलिक्लिनिकहरु र बनेपा–धुलिखेलका अस्पतालहरुमा गरी दूई सय भन्दा बढीको उपचार भईरहेको छ। कोही आफ्नै ढंगले उपचार गरी घर फर्किसकेको र कोहीको गाउँमा नै उपचार भइरहेको उनले बताए।

सामूहिक भोजमा भएका कारण एकै पटक धेरैजसो विरामी परेकाले सबैजसो ठाउँमा उपचार भइरहेकोले संख्या यनिक हुन नसकेको गिरीले बताए। उनका अनुसार नजिकै रहेको इनार र कुवाको पानी प्रयोग गरेको भन्ने स्थानीयबासिन्दाहरुले जानकारी दिएकाले ति ठाउँमा भएको पानी झिकेर फाल्ने तयारी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमडौं स्थित सिभिल हस्पिटलमा पठाइसकेको जनाएको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भईरहेको बताए।

पाँचखाल नगरपालिका-१२ काँसकोटमा रहेको ग्रामीण स्वाबलम्वन बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले शनिबार आयोजना गरिएको तिज विशेष दर खाने कार्यक्रममा क्रममा सो घटना भएको हो।

दर खान गएका २०० स्थानीयको हस्पिटलमा बास, उपचार गराउन छैन 'बेड' (फोटो) 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.