|

चितवन : पोखराको साहारा क्लबलाई हराउँदै मोरङ फुटबल क्लब चितवनमा जारी टुवोर्ग विकास रनिङ शिल्ड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार मोरङले साहारालाई २ –१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

२१ औं मिनेटमा दिपक राईको गोलमा मोरङले अग्रता लिएपनि ३६ औं मिनेटमा साहाराका सेगुनले गोल फर्काएर खेल बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा मोरङका मार्टिन अजयीले विजयी गोल गरे।

त्यसपछि सहाराले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि घर फर्किन बाध्य भयो। खेलको म्यान अफ दि म्याच सहाराका सुशील लामा बने। क्वार्टर फाइनलकै दोश्रो खेलमा सोमबार मनाङ मर्स्याङ्दी र चितवन ११ प्रतिस्पर्धा गर्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.