|

हुम्ला : नाम्खा गाउँपालिकाको याङ्गारको इलिङ्गकाँदमा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि स्थानीयवासी सञ्चार सेवाबाट बिच्छेद भएका छन्। टेलिकम हुम्ला शाखाले राखेको टावरमा खराबी आउँदा नाम्खा गाउँपालिकाका सेवाग्राही मर्कामा परेका हुन्।

टावरले काम नगरेपछि नाम्खागाउँपालिकाको मुचु, यारी, याँल्वाङ्ग, याँगार, केर्मी, च्यादुक तुम्कोट र खगालगाउँका सेवाग्राहीलाई समस्या भएको छ। एक सातादेखि मोबाइल फोनको नेटवर्क आउनेजाने गरे पनि गएको बिहीबारदेखि पूर्णरुपमा बन्द भएको केर्मिका छोइसाङ्ग तामाङले बताए।

टावर बिग्रेपछि अहिले स्थानीय बासिन्दालाई गाउँबाहिर रहेका परिवारका सदस्य र आफन्तलाई सम्पर्क गर्न अग्लो डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता रहेको मुचुका छिरङ्गआङमु तामाङले दुखेसाे पोखिन्। सेवा बन्द भएपछि यस क्षेत्रका झण्डै एक हजार ५०० भन्दा बढी सेवाग्राही मारमा परेका हुन्। हुम्लाको उतरी तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा एक मात्र सञ्चारको साधन भनेको नेपाल टेलिकमकाे मोबाइल मात्र हो।

यहाँ रहेकेा टेलिफोनको टावर स्थापना कालदेखि नै गुणस्तरीय सेवा प्रदान गर्दै अाएको छैन। टावरमा बारम्बार खराबी आइरहँदा सेवाग्राही  मर्कामा परेका छन्। घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा जाने समस्याले आजित भएका छन्।

नाम्खा गाउँपालिका सञ्चार सुविधा पुर्‍याउन सञ्चार मन्त्रालयत, नेपाल टेलिकमल केन्द्रीय कार्यलयलगायतका निकायमा बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएको  नाम्खा गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.