|

भद्रपुर, (झापा) : प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिलालाई झापाको काकँडभिट्टाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– २ स्थित सुब्बा चोक निवासी २२ वर्षीया रिना चौधरी लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

उनका अनुसार भारतको पानीट्यांकी नाकाबाट नेपालतर्फ आउँदै गरेकी चौधरीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर- ६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरेको हो। 

प्रहरीले उनको साथबाट दुई ग्राम ब्राउन सुगर बरामद गरेको छ। यता, ब्राउन सुगरसहित नियन्त्रणमा लिएका चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी काँकडभिट्टामा राखिएको जनाइएको छ।

त्यसैगरी प्रहरीले मेचीनगर नगरपालिका- ५ नकलबन्दा भेटघाट चोकबाट लागुऔषध ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका- ३ बेलडाँगी निवासी २७ वर्षीय बिर्खबहादुर राई, सोही ठाउँ बस्ने २९ वर्षीय पुकबहादुर कटवाल र २८ वर्षीय सिमन कटवाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। 

सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएका प्रहरीको टोलीले उनीहरूलाई चेकजाँच गर्दा लागुऔषध लुपिजेसिक ४५ एम्पुल, फेनारागन ४५ एम्पुल र डाइजोपाम ४५ एम्पुल बरामद गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.