|
फाइल फोटो

भोजपुर : एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन। जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो। 

लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ। 

भोजपुर जिल्ला अस्पतालले मासिक १२ बिरामी अन्यत्र पठाउने गरेको जानकारी दिँदै चिकित्सक शिवजी रिजालले भने, 'उडान बन्द हुँदा अन्यत्र पठाइनुपर्ने बिरामीलाई निकै समस्या छ, बाटोको अवस्था पनि राम्रो छैन। लामो समयदेखि उडान हुन नसस्दा कतिपय बिरामीले महँगो मूल्य तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् भने आर्थिक अवस्था कमजोर भएकाले भने अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ। ' 

जिल्लामा उडान भर्दै आएको ट्वीनओटर बिमान मर्मत भइरहेकाले उडान सेवा बन्द गरिएको नेपाल वायु सेवा निगम भोजपुर शाखाले जनाएको छ। निगमको केन्द्रीय कार्यालयले जहाज मर्मत भइरहेकाले अझै करिब दुई हप्तासम्म जिल्लामा उडान नहुने जानकारी दिएको विमानस्थलका ट्राफिक कन्ट्रोलर विजय श्रेष्ठले जानकारीदिए। 
निगमले यसअघि आइतबार र सोमबार बाहेक भोजपुर–काठमाडौँ– पाँच पटक र विराटनगर–भोजपुर हप्तामा एक पटक उडान भर्दै आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.