|

हुम्ला : हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाउँदै आएका छन्। व्याँसी समुदायको यो विशेष पर्वका रुपमा सिमकोट गाउँपालिका-८ स्याँडा र अदानचुली गाउँपालिका-६ को पाल्समा चोख्या मेला अाइतबार धुमधामका साथ मनाइयाे।

स्याडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैं पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका-८ स्याँडाका वडाअध्यक्ष चक्रबहादुर बुढाले बताए। परम्परागत धार्मिक संस्कारअनुसार घरका कुलदेवता कुतिहिल्सो देवताको पूजाआज गरी स्याँडा भन्दा माथिकोे चोख्या चउरमा मनाएको स्याँडाका स्थानीय बासिन्दा कालिबहादुर बुढाले बताए। त्यसैगरी पाल्सका स्थानीय वासिन्दाले पनि मष्टो, मदान देवताको मन्दिरमा गई भव्य रुपले मनाइएकाे स्थानीय युवराज भण्डालीले जानकारी दिए।

स्याँडमा हिल्सा देवाता र पाल्समा स्थानीय कैलाश, मदान देवताको मन्दिरमा पूजाआज गरी वर्षभरिका लागी भाकलको छिनोपानो गर्ने, धार्मिक झाँक्री नचाउने, देउडा खेल खेल्ने, बाक्टेनाच नाच्ने चलन छ। चोखेमेला हेर्नका लागि स्याँडा र आसपासका वासिन्दा स्याँडा र अदानचुली ताँजकोटमा र मुगुदेखिका स्थानीय वासिन्दा पाल्समा जम्मा हुने गरेकाे पनि बताए।

चोख्यालाई परम्परागत रुपमा मनाउँदै आएका हुम्लाको सिमकोट गाउँपालिका-८ स्याँडा र अदानचुली गाउँपालिका-६ को पाल्समा  चोख्या मेला धुमधामका साथ मनाइएको छ। देउडा पारखीले रात दिनभरि देउडा खेल खेल्ने चलन पनि रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.