|
प्रतीकात्मक तस्विर

गुल्मी : चार दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। गुल्मी जिल्लाको गुल्मी दरवार गाउँपालिका ७ का ५५ वर्षीय रामबहादुर सुनार गाउँकै गोठमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.