|

जाजरकोट  : प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नेपाली प्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्या प्रकाशमान सिंहले बताएका छन्। नेपाल प्रेस यूनियान जाजरकोट पाँचौँ जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।

पहिलो संविधान सभामा बामपन्थीको बहुमत भए पनि संविधान जारी गर्न नसकेको आरोप लगाउँदै उनले दोस्रो संविधान सभामा कांग्रेसको नेतृत्वमा मात्र संविधान जारी भएको बताए। देशमा अहिले भएका विभिन्न खालका घटनाहरू नियन्त्रण गर्न नसक्ने बाम सरकारले जनताको पक्षमा काम गर्न नसक्ने स्पष्ट भएको सिंहको आरोप छ। संसारमै लोप भएको साम्यावादी व्यवस्था नेपालमा ल्याउन खोजेको भन्दै यो नेपालमा सम्भव नभएको समेत दावी गरे।

जनतामाथि बाम सरकारले दमन गरेको आरोप लगाउँदै उनले अब न्याय माग्न जनता कहाँ जाँने भन्ने प्रश्न खडा भएको बताए। 'जहाँ राज्यबाट नै जनता सुरक्षित छैन् भने अब न्यायका लागि जनता कसको भर पर्ने', उनले प्रश्न गरे।

त्यस्तै कांग्रेसका अर्का नेता हृदयराम थानीले लोकतन्त्रको रक्षाका लागि कांग्रेस लडिरहेको बताए। पूर्वमन्त्रीसमेत रहेका नेता थानीले दलको सिट संख्य कम भए पनि लोकतन्त्रका लागि भूमिका भने महत्वपूर्ण भएको बताए।

त्यस्तै कार्यक्रममा नेपाल प्रेस यूनियानका महासचिव अजयबाबु सिवाकोटीलगायतले सम्वोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.