|

काठमाडौं :  पछिल्लो आठ महिनामा डलरको मूल्य नेपाली रुपैयाँको तुलनमा साढे १३ रुपैयाँले वृद्धि भएको छ। १ फ्रेबुअरी २०१८ मा एक अमेरीकी डलरको नेपालमा बिक्रीदर १०२ रुपैयाँ ०४ पैसा रहेकोमा ७ सेक्टेम्बरमा आइपुग्दा अहिलेसम्मकै उच्च दर ११५ रुपैयाँ ४८ पैसा पुगेको छ। आठ सेक्टेम्बरमा सामान्य ४० पैसाले बिक्रीदर घटेर सोमबार १० सेक्टेम्बरको लागि पनि सोही मूल्य तोकिएको छ।

अमेरिकी डलर बलियो बन्दै गएपछि नेपाली मुद्रा निरन्तर रूपमा कमजोर बनेको हो। भारतीय मुद्रा कमजोर बनेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो। भारतसँग नेपालको स्थिर विनिमय दर रहेको छ।

अमेरिकी डलर बड्दा सामान्यतः तेस्रो मुलुकबाट डरलमा किनिने सामानको मूल्य बढ्छ भने भारतीय बजारमा नै उत्पादन हुने वस्तुको खरिदमा भने कुनै प्रभाव नपर्ने जानकार बताउँछन्। नेपालले अहिलेको अवस्थामा आयातको तुलनामा २५ प्रतिशतसम्म निर्यात गर्नेसक्ने अवस्था रहेको भए डलरको मूल्य बढ्दा नेपाललाई फाइदा हुने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली बताउँछन्।

खासगरी छिमेकी देश भारतसँगै स्थिर विनिमय दर र उत्तरी छिमेकी देश चीनको विनीमयदर प्रायः स्थिर सरह देखिएको कारण नेपाललाई ठूलो घाटा नलागेको जानकारी बताउँछन्। डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट आयात हुने सामग्री र दोस्रो मुलुकसँग पनि डलरमा कारोबार गर्ने सामग्रीमा ठूलो असर परेको छ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ज्ञवाली नेपाललाई डलरको मूल्य बढ्दा रेमिटयान्स आप्रवाहमा सबैभन्दा बढी फाइदा हुने बताउँछन्। त्यस्तै पर्यटन र निर्यात क्षेत्रमा ठूलो फाइदा उठाउन सक्ने भए पनि निर्यात व्यापार नगन्य भएको व्यापारसमेत भारतसँग बढी छ। जसको फाइदा नेपालले उठाउँन सकेको छैन।

पेट्रोलियम पदार्थको आयातमा भने डलरको मूल्य बढ्दा नेपालले ठूलो नक्सान बेहोर्नु परेको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइत बताउँछन्। उनका अनसार डलरलाई एक रुपैयाँ बढी तिर्नु पर्दा मासिक १६ करोड रुपैयाँ बराबरको घाटा बेहोर्नु पर्छ। यसो गर्दा गत फ्रेबुअरीको तुलनामा २० अर्ब आठ करोड रुपैयाँ नेपाललाई नोक्सान छ।

त्यस्तै नेपालले तिर्नु पर्ने ऋणको व्याज र ऋणसमेत निकै बढेको छ। सरकाले लिएको ऋणमा समेत नेपालले घाटा बेहोर्नु पर्ने अवस्था रहेको छ। यस विषयमा डलरको मूल्य बढ्दा वा घाटा नेपाललाई कति फाइदा बेफाइदा पर्छ भन्ने विषयमा नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने जानकारी गराएको छ। नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले यस विषयमा राष्ट्र बैकले अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्ने जानकारी गराए।

 भारतीय अर्थतन्त्रमा परेको नकारात्मक प्रभावभन्दा पनि अमेरिकी अर्थतन्त्रमा आएको सुधारको कारण डलरको मूल्य आकाशिएको विज्ञहरूको भनाइ छ। अमेरिकामा लगानीमैत्री वातावरण निर्माण गरी लगानीकर्तालाई स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्नु, बेरोजगारी दरमा उल्लेख्य सुधार आउनुलगायता कारणले अमेरिको अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताइएको छ।  

अमेरिकी डलर निरन्तर बढेपछि पछिल्लो समय भारतीय रुपैयाँसमक्ष नेपालको स्थिर विनिमय दर राख्न नहुने कतिपयले बताउँदै आएका छन्। तर राष्ट्र बैंकका पूर्वकार्यकारी निदेशक ज्ञवालीले भने अहिलेको नेपालको आर्थतन्त्रको आधारमा भारत मुद्राको स्थिर विनिमय दर ठीक भएको बताउँछन्। 'हाम्रो अर्थतन्त्र बलियो भयो, मुद्रालाई मजबुत बनाउन सकिने अवस्था आयो भने हामीले सोच्नुपर्ने अवस्था आउछ'  ज्ञवालीले भने 'अहिले नेपालको ६५ प्रतिशत व्यापार भारतसँग भएको अवस्था र अर्थतन्त्रमा सुधार नआएको अवस्थमा स्थिर विनिमय दरलाई चलाउनु मुर्खता हुन्छ।'

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.