|

राजविराज : भारदह–कुनौली सडक खण्डअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१४ स्थित डलुवामा अटो रिक्साले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ की ६५ वर्षीया मान्सादेवी सदा रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ। 

अटो रिक्साको ठक्करले गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सडकमा गुडिरहेको स १ ह २३०३ नम्बरको अटोरिक्साले बाटोमा हिँडिरहेकी सदालाई ठक्कर दिएको थियो। अटोरिक्साका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.