|

बुटवलः रुपन्देहीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुद्धोधन गाउँपालिका-७ दानव नदी किनारमा एक युवती मृत अवस्थामा फेला परेकी हुन्।

अन्दाजी २०/२२ वर्षीया युवतीको सनाखत हुन सकेको छैन। युवतीको शरीर अर्धनग्न रहेको र घाँटीमा निलडाम रहेको छ। साथै आसपासमा पुरुष र महिलाका चप्पल फेला परेकोले मृत्यु शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर उमेश जोशीले जानकारी दिए।  

प्रहरी घटनास्थल पुगेर स्थानीय जनप्रतिनिधिलाई बोलाएर पहिचान गर्न खोजे पनि कसैले नचिनेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। युवतीको शव भीम अस्पताल भैरहवामा ल्याएर पोष्टमार्टम गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.