प्रहरीलाई पाँच किलो दिन्छु भन्दै फकाए

|

पोखरा : शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबा भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जनाएको छ। शनिबार नियमित चेकजाँचको क्रममा सिर्दीबास प्रहरी चौकीका प्रहरीले कम्परमा पेटीसगैँ बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका-७ छेकम्पारका ५८ वर्षीय नुटुप लामा र  २८ वर्षीय लोप्चन तेन्जेनलाई पक्राउ गरेका थिए।

पक्राउ पछि उनीहरूले प्रहरीलाई दिएको बयानको आधारमा सुन सबै चीनीयाँ नागरिकको भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले जानकारी दिए। दुई जनाले पाँच/पाँच किलो सुन कम्मरमा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो। उनीहरूलाई गोरखा प्रहरीलाई सोमबार गोरखामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। ‘उनीहरू दुबैले सुन चिनीयाँ नागरिकको हो भनेका छन्’ एसपी बस्नेतले भने, ‘उनीहरूले पहिलोपटक सुन बोकेर काठमाडौं जान लागेको पनि बताएका छन्।’

केही दिनअघि खाद्यन्न लिन जाँदा चिनीयाँ नागरिकसँग भेटघाट गरी उनीहरूले १० किलो सुन काठमाडौँ पुर्‍याउने जिम्माका साथ बोकेर काठमाडौँ हिँडेका थिए। अहिले पक्राउ परेका दुई जनालाई चुमनुब्रीकै पासाङले चिनिया नागरिकहरूसँग चिनजान र भेटघाट गराएको प्रहरी अनुसन्धान पछि खुलेको छ। 

५० हजारको लोभले १० किलो सुन 

पक्राउ परेका दुबैले चिनियाँ नागरिक च्याङ्चीनले सुन काठमाडौँ पुर्‍याए नेपाली ५० हजार रुपैयाँ दिने बताएपछि उनीहरूले सुन बोकेको प्रहरीलाई बताएका छन्। 
‘च्याङ्चीनले सुनसहित पक्राउ परेका दुबैको मोबाइल नम्बर लिएर काठमाडौँ पुगेपछि फोन गर्ने र ५० हजार रुपैयाँ दिने बाचाका साथ पठाएको रहेछ’ एसपी बस्नेतले भने। उनीहरूले काठमाडाैंको न्यूरोडमा सुन पुर्‍याउने जिम्मा पाएका थिए। न्यूरोडको कहाँ कसलाई बुझाउन लागेको भन्नेबारे पनि प्रहरीले अनुसन्धान थालेको छ। 

दुवै तिब्बतबाट २१ गते सुन लिएर हिँडेका थिए 

च्याङ्चीनले दिएको १० किलो सुन बोकेर उनीहरू गत २१ गते छेकम्पार हिँडेका थिए। उनीहरूले प्रहरीलाई दिएको बयानमा जोंङगोङ बजारबाट नेपालको सिमानासम्म ट्याक्टरमा चढेर आएको र त्यसपछि हिँडेर छेकम्पार हुँदै काठमाडौँ जान सिर्दीबास झरेको बताएका छन्।  

प्रहरीलाई पाँच पाँच किलो दिन्छु भन्दै फकाए 

सिर्दीबास प्रहरी चौकीमा पक्राउ परेका उनीहरूले सई तुलबहादुर सेनलाई सुनको पाँच वटा विस्कुट दिन्छु भन्दै फकाउन समेत भ्याए। ‘मलाई नै पाँचवटा विस्कुट दिन्छु छोडिदिनु भनेर फकाएका थिए’ सेनले भने, ‘मैले तिमीहरूलाई कुनै हालतमा छोड्दिन भनेपछि १० वटा विस्कुट नै दिन पनि तयार भएका थिए। मैले देशको लागि कसम खाएर काम गरेको मान्छे हुँ भन्दै जिल्लामा जानकारी गराएँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.