|

कालिकोट : जिल्लाको एक मात्र बिद्युत सेवा दिँदै आएको शान्तिघाट जलबिद्युत आयोजनाको टर्वाइन बिग्रँदा कालिकोटमा अन्धकार भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र सदरमुकाम खाँडाचक्र नगरपालिकामा बिद्युत सेवा दिदैँ आएको शान्तिघाट जलबिद्युत आयोजनाको टर्वाइन आइतबारबाट बिग्रिएपछि बिद्युत सेवा अबरुद्ध भएको हो। 

जलबिद्युत आयोजनाको टर्वाइन बिग्रिएको टर्वाइन बन्नका लागि महिना दिनभन्दा बढी समय लाग्ने नेपाल बिद्युत प्राधिकरण शाखा कार्यालय कालिकोटका कर्मचारी जयप्रसाद पाण्डेले बताए। ‘आयोजनाको टर्वाइन बिग्रिएको छ।’ उनले भने,‘त्यो बनाउन महिना दिनभन्दा बढी समय लाग्ने देखिएको छ।’

संचार माध्यम बन्द

५०० किलोबाटको बिद्युत सेवा दिदैँ आएको शान्तिघाट जलबिद्युत आयोजनाका टर्वाइन बिग्रिँदा कालिकोटबाट प्रकाशित हुने पत्रपत्रिका र रेडियोहरू बन्द हुन पुगेका छन् भने फोन सेवा पनि अबरुद्ध भएको छ। जिल्लामा बिद्युतको बैकल्पिक उपाय हुने रेडियो तथा पत्रपत्रिका संचालनमा भए पनि केही संचारमाध्यममा बैकल्पिक उपाय नहुँदा समस्या भएको रेडियो नयाँ कर्णालीका स्टेसन म्यानेजर भरतराज बिष्टले बताए।

‘बैकल्पिक उर्जा हुने संचार माध्यम संचालन भए पनि केही संचारमाध्यम प्रकासन प्रसारणमा समस्या भएको छ।’ उनले भने,‘बिद्युत बन्ने ठेगान नभएका कारणले समस्या भएको छ।’ कालिकोटबाट ५ वटा एफएम रेडियो, १ दैनिक पत्रिका र ४ वटा साप्ताहिक पत्रिका संचालनमा रहेका छन्।

टेलिफोन सेवा अबरुद्ध

बिद्युत सेवा अबरुद्ध हुँदा जिल्ला सदरमुकामका टेलिफोन सेवा र मोवाइल सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकममा बिद्युतको बैकल्पिक व्यवस्था नहुँदा पावरको कमीले टेलिफोन सेवा र मोवाइल सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा कार्यालय कालिकोटका शाखा अधिकृत प्रेमबहादुर बिष्टले बताए।

‘बिद्युत सेवा नहुँदा कालिकोटमा संचालित टेलिफोन सेवा र मोवाइल सेवा अबरुद्ध भएको छ।’ उनले भने,‘जेनेरेटरमार्फत मंगलबारबाट सेवा सुचारु गर्ने तयारी थालेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.