|

संखुवासभा : जिल्लाकाे धर्मदेबी नगरपालिका-३ टुटेदेउरालीबाट अबैध काठसहित एक ट्रक बरामद भएको छ। करिब एक लाख मूल्य बराबरको ४१० क्युफिट अबैध काठ प्रहरीले नियन्त्रणमा लिएको छ। खाँदवारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ३१६७ ट्रक टुटेदेउरालीमा पक्राउ गरिएको हो। 

लोड गरिएको एक ट्रक काठसहित धनकुटा भेँडेटार गाउँपालिका-४ का सिद्धराज लिम्बू पक्राउ परेको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोष्ट टुटेदेउरालीमा चेकजाँच गर्दा अबैध ढंगले धरान लैजान लागेको चिलाउने र उत्तिसको काठ १९ गते प्रहरीले पक्राउ गरेकाे थियो। प्रहरीले बरामद गरेको काठ र चालक लिम्बूलाई आवश्यक कारवाहीका लागी जिल्ला बन कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

बरामद गरिएको काठ र ट्रक जिल्ला बन कार्यालयमा राखिएको छ भने चालक लिम्बूलाई मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको साहयक बन अधिकृत हेमन्त पराजुलीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.