|

रुकुम : रुकुमपश्चिमको चौरजहारी विमानस्थलमा हवाई सेवा पन्ध्र महिनादेखि बन्द रहेको छ। गतवर्षको जेठ महिनाको दोस्रो सातादेखि बन्द भएको हवाई सेवा अझै संचालन हुन सकेको छैन।

नेपाल वायुसेवा निगमले प्रयाप्त मात्रामा जहाज र पाइलट नभएको भन्दै चौरजहारीमा हवाई सेवा बन्द गरेको हो। हाल निगमसँग जहाज र जनशक्ति कम भएकाले चौरजहारी विमानस्थलको हवाइसेवा अनिश्चित समयका लागि बन्द गरिएको चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीको भनाई रहेको छ। 

लामो समयदेखी चौरजहारी विमानस्थलमा हवाई सेवा नियमित नहुँदा रुकुम लगायत छिमेकी जिल्ला जाजारकोट र सल्यान जिल्लाका स्थानीय समस्यामा परेका छन्। अनिश्चित समयका लागि हवाई सेवा बन्द भएपछि जटिल प्रकृतिका बिरामी, गर्भवती महिला, बालबालिका तथा बृद्धबृद्धा बढी मारमा परेका छन्। लामो समयदेखि हवाई सेवा बन्द भएपछि अब कहिलै जहाज नआउने हो कि भनेर स्थानीय चिन्तित बन्न थालेको स्थानीय गंगाराम शर्माले बताए।

नेपालकै दश नमुना शहरको रुपमा विकसित बन्दै गरेको चौरजहारीमा लामो समयदेखि हवाई सेवा बन्द हुनुले स्थानीय जनप्रतिनिधिलाई समेत अन्योलमा पारेको छ। नगरपालिकाको मातहभित्र हवाई सेवा नपर्ने भएकाले बन्द हवाई सेवा संचालन गर्न जिल्लाका निर्वाचित सांसद, मन्त्री तथा अन्य नेतालाई आग्रह गरिएको भए पनि संचालन हुन नसकेको चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्माले बताए।

२०२८ सालबाट संचालनमा आएको चौरजहारी विमानस्थल २०७० सालमा कालोपत्रेमार्फत धावनमार्गको स्तरोन्नति गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.