|
फाइल फोटो

झापा :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसमहासमिति बैठकको मिति पटक पटक नसार्न नेतृत्वलाई आग्रह गरेका छन्। बिपी जयन्तीका अवसरमा कांग्रेसझापा क्षेत्र नं १ मेचीनगरमा  गरेको विचार गोष्ठीमा नेता कोइरालाले महासमिति नसार्न आग्रह गरेका हुन्। 

'पार्टी केन्द्रीय समितिको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरिसकेको छ, अब त्यसलाई सार्नुहुदैन् ' नेता कोइरालाले भने। 

केन्द्रीय सदस्य डा कोइरालाले महासमितिको बैठकले पार्टीको नयाँ विधान निर्माण गर्ने भएकाले अहिलेदेखि नै वडादेखि केन्द्रीय तहसम्म विधानमा कस्तो व्यवस्था गर्ने भन्ने विषयमा बहस र छलफल चलाउनुपर्ने बताए। 

दुई तिहाइको अहङ्कार प्रदर्शन गरिरहेको कम्युनिस्ट सरकारलाई अराजक हुनबाट रोक्न कांग्रेसमा बलियो नेतृत्व चाहिएको उल्लेख गर्दै 'कम्युनिस्टहरु बलियो भएर कांग्रेसचुनावमा हारेका होइन्, सङ्गठन कमजोर भएर पराजित भएको हो ।'

पार्टीका प्रवक्ता एवम् केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कांग्रेसमा आन्तरिक एकता बलियो हुन जरुरी रहेको बताउँदै एउटै थालमा भात खाएर हुर्किएका शेरबहादुर देउवा र रामचन्द्र पौडेल एकै ठाउँमा उभिएर नेतृत्व दिनु पर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.