|

तनहुँ : डुम्रे-वेशीसहर खण्डस्थित तनहुँको भानु नगरपालिका-३ तुरतुरेमा सोमबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा १० जना घाइते भएका छन्।

तनहुँको भानु नगरपालिका-१ सालविस्ने भन्सारका २७ वर्षीय बसका सहचालक ज्ञानबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। तनहुँको डुम्रेबाट बेसीशहर जाँदै गरेको ग १ ख ४४४५ नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जानकारी दिएको छ।

बसले च्यापिएर गम्भीर घाइते भएका सहचालक तमाङको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार अन्य घाइते अवस्था सामान्य उपचारपछि घर फर्किसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.