|

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न स्थामा पहिलो जाँदा मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डको कालीखोला, जलवीरे र चारकिलो भन्ने स्थानमा पहिरो खसेर यातायात सञ्चालन अवरुद्ध भएको हो।

वर्षापछि खसेको पहिरोका कारण राति १ः२५ बजेदेखि सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार अहिले पनि पानी परिरहेको छ। चारकिलोमा भने ठूलो पहिरो खसेकाले पहिरो हटाउन समय लाग्ने गौतमले बताए। पहिरोका कारण अहिले चितवनबाट काठमाडौं, पोखरातर्फ जाने र आउने सवारी साधनहरु बीच सडकमै रोकिएका छन्।

वर्षाका बेला यहाँका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन। हालै मात्र उक्त सडक चौडा पार्ने काम सकिएको थियो। प्रहरीले सडक अवरुद्ध भएकाले बैकल्पिक मार्ग प्रयोग गर्न चालकहरुलाई आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.