|

हुम्ला : चिनियाँ नाकाबाट अवैध रुपमा भित्र्याइएको करिब डेढ करोड रुपैयाँ बराबरको मदिरा जिल्ला प्रहरी कार्यालय हुम्लाले नष्ट गरेको छ।

जिल्लाका पिप्लाङ प्रहरी चौकी, सर्केगाढ प्रहरी चौकी र मेल्छामा प्रहरी चौकीबाट खटिएका टोलीले चंखेली गाउँपालिकाको नेप्का गाउँको टाँके नाकाबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा ३३ हजार ९३६ बोत्तल चिनियाँ  मदिरा भदौ १० गते बरामद थियो। प्रतिबोत्तल ५०० रुपैयाँ पर्ने उक्त मदिराको जम्मा मूल्य एक करोढ ६९ लाखा ६८ हजार रुपैयाँ रहेको प्रहरीले बताएको पिप्लाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनबहादर धामीले बताए।

बरामद गरिएको मदिरा चंखेली गाउँपालिका अध्यक्ष र वडा प्रतिनिधिलगायतको रोवहरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी निरीक्षक गहेन्द्र विष्टले बताए। जिल्ला प्रहरी कार्यालय हुम्लाले चीनको तिब्बतसँग जोडिएका नाकाबाट अवैध रुपमा मदिरा भित्र्याउन र घरेलु मदिरा उत्पादन, बिक्री तथा ओसारपसारको नियन्त्रणमा अभियानको क्रममा प्रहरीले दोस्रो पटक यति ठूलो परिणामको मदिरा बरामद गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.