|
Photo : nepalmountainnews.com

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष र उपाध्यक्ष पदका लागि सोमबार निर्वाचन हुँदैछ। 

२०५१ सालदेखि २१ वर्षसम्म एन्फाको अध्यक्ष रहेका गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएपछि एन्फामा नयाँ नेतृत्वका लागि चुनाव हुन लागेको हो। एन्फाको तीन वर्षअघि सम्पन्न चुनावी साधारणसभा पछि हालसम्म नियमित साधारणसभा हुन नसकेकाले एन्फाको यो नियमित साधारणसभा पनि हो। 

साधारणसभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पारित गरेपछि चुनावी प्रक्रिया सुरु हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए। एक वर्षे कार्यकालका लागि अध्यक्षमा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ। 

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा उपेन्द्रमानसिंह, मणि थापा र दीपक खाती प्रतिस्पर्धामा रहेका छन्। श्रेष्ठ गणेश थापा निकट मानिन्छन्। आफूले फूटबलमा जिन्दगी बिताएकोले एक वर्ष आफ्नो अधिकार रहेको श्रेष्ठले बताउँदै आएका छन्। 

आफूले जितेमा आर्थिक पारदर्शीता कायम गर्ने श्रेष्ठको दावी छ। अध्यक्षका अर्का उम्मेदवार शेर्पाले एन्फा भित्र सुशासनको पक्षमा उभिएको र आर्थिक पारदर्शीताको विषय उठाएकैले कारवाहीमा परेकोले योजना लागू गर्न आफू अध्यक्ष हुनुपर्ने बताउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.