|

काठमाडौं: नाडा अटो सो '२०१८' काठमाडौंमा सुरु भएको छ। अटोमोबाइल एसोसियसन अफ नेपा (नाडा) को आयोजना हुने यो मेलालाई सबारी साधनको कुम्भ मेलाको रुपमा लिने गरिएको छ। मंगलबारदेखि आगामी आइतबारसम्म चल्ने मेलामा नेपालमा भर्खरै भित्रिएको नयाँ प्रविधियुक्त गाडी देखि नेपालमा रहेका पूराना गाडीहरू समेत मेलामा राखिएको छ।

छ दिने मेलमा करिब पाँच अर्ब रुपैयाँको कारोबार गर्ने लक्ष्य नाडाको रहोको छ। 'छ दिनको मेलमा ५०० करोड रुपैयाँ बराबरको बुकिङ हुने लक्ष्य राखेका छौँ' नाडाका उपाध्यक्ष कृष्ण दुलालले भने। दुलालका अनुसार नेपालको अटोमोबाइल क्षेत्रमा चार महिना बराबरको कारोबार पाँच अर्ब रुपैयाँ काराेबार पुग्ने गर्छ। नाडा अटो सो २०१७ मा तीन अर्ब रुपैयाँ बराबरको गाडीको बुकीङ भएको थियो। मेलमा १९ ब्राण्डका चार पांग्रे र २० ब्राण्डका दुई पांग्रे गाडीसहित १३४ वटा स्टल राखिएको छ। मेला प्रवेशमा विद्यार्थीको लागि १५० र अन्यको लागि २०० रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.